Logo

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त, ऊर्जा क्षेत्रमा २२ बर्षे अनुभव

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा अधिकारी नियुक्त, ऊर्जा क्षेत्रमा २२ बर्षे अनुभव



काठमाडौं । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा मधुसुदन अधिकारीलाई नियुक्त भएका छन् । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अधिकारीलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस अघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘सर्ट लिस्ट’ गरी मन्त्रिपरिषद समक्ष ३ जनाको नाम कार्यकारी निर्देशकको लागि सिफारिस गरेको थियो । जसमा लक्ष्मण पौडेल, मधुसुदन अधिकारी र बलबहादुर पराजुलीको रहेको थियो । सोहीमध्येबाट हिजो बसेको मन्त्रिपरिषद बैंठकले सिफारिसको आधारमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

अधिकारीसँगै जलविद्युत तथा नवीकरणीय ऊर्जामा करिब २२ वर्ष काम गरेको अनुभव छ । अघिकारीले यसअघि नेपालस्थित एसियाली विकास बैंक, विश्व बैंकलगायत विकास साझेदार निकायमा काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL