Logo

ल्याण्डफिल्ड साइटको अवस्था बुझ्न मेयर शाक्यको स्थलगत भ्रमण, बर्खा अघि पूर्वाधार तयार गर्न अनुरोध

ल्याण्डफिल्ड साइटको अवस्था बुझ्न मेयर शाक्यको स्थलगत भ्रमण, बर्खा अघि पूर्वाधार तयार गर्न अनुरोध



काठमाडौं । काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्य, स्यानिटरी ल्याण्डफिल्ड साइटको अबस्था बुझ्न बिहीबार सिसडोल पुगे ।

उपत्यकाको फोहोर अन्तिम व्यवस्थापन गरिँदै आएको नुवाकोटस्थित सिसडोल साइट र दीर्घकालीन प्रयोगमा ल्याउन लागिएको बञ्चरे डाँडाको अबस्थाको स्थलगत जानकारी लिन मेयर शाक्य, सहरी विकास मन्त्रालयका सहसचिब पदम मैनाली, काठमाडौं महानगरका सहसचिव भरत अर्याल, महानगरको वातावरण व्यवस्थापन समितिका संयोजक बिकास डंगोल पुगेका हुन ।

सो स्थलगत भ्रमण अवलोकनका क्रममा संघीय संसद सदस्य रामबीर मानन्धर पनि सहभागी थिए । टोली पहिले बञ्चरे डाँडा गएको थियो । त्यहाँको अबस्था बुझिसकेपछि मेयर शाक्यले — आउँदो बर्खायाम अघि नै बञ्चरे डाँडामा फोहोर व्यवस्थापनको काम थालनी गर्ने गरी पूर्वाधार बिकास गर्न मन्त्रालयका अधिकारीलाई आग्रह गरे । ‘सिसडोलको क्षमता बढाउन सकिने अबस्था छैन हामीले अर्को बिकल्प पनि सोचेका छैनौं,’ उनले भने, ‘त्यसैले बञ्चरे डाँडाको पूर्वाधार बिकासलाई प्राथमिकतासाथ अघि बढाउनु प¥यो ।’

त्यस क्रममा, बञ्चरे डाँडाको पूर्वाधार अघि बढाउन अहिले भइरहेका कामका विषयमा जानकारी गराउँदै सहरी बिकास मन्त्रालयका सहसचिव पदम मैनालीले माटो परीक्षणको काम थालिएको जानकारी दिए ।

‘यसलाई दुईवटा प्याकेज बनाउँदा एक अर्काको मुख हेरेर काम झन् ढिलो हुने सम्भावना छ त्यसैले हामी एउटै प्याकेजमा काम गर्ने सोचमा छौं,’ उनले भने, ‘यसका लागि ५ ठाउँमा ४० मिटरसम्म तल गएर माटोको परीक्षण हुँदैछ यसबाट प्राप्त नतिजाका आधारमा डिजाइन हुने, बोलपत्र आव्हान हुने काम हुन्छ ।’

बञ्चरे डाँडापछि टोली सिसडोल फर्कियो । त्यसपछि टोलीले सिसडोलको भ्याली २ (२०६२ सालमा फोहोर व्यवस्थापन गर्न थालिएको ठाउँ) र त्यसपछि भ्याली १ को अबलोकन ग¥यो ।

स्थलगत भ्रमण सकिएपछि मेयर शाक्यले तत्काल गर्नुपर्ने कामको योजना बनाउन वातावरण व्यवस्थापन विभागलाई निर्देशन दिए भने संघीय संसद सदस्य रामबीर मानन्धरले दीर्घकालीन योजना बनाएर अघि बढ्न सुझाव दिए । सो क्रममा महानगरका सहसचिब भरत अर्यालले प्राविधिक दृष्टिले भ्याली १ र २ मा पर्खाल उठाएर ल्याण्ड स्केपिङ् गर्न सकिने बताएका छन ।

सिसडोलबाट बञ्चरे डाँडा पुग्ने सडक स्तर उन्नति र कालोपत्रे गर्ने काम सडक विभागबाट शुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL