Logo

अन्ततः भीएलएन काण्डमा फसे न्यायाधीश, त्रुटिपूर्ण निर्णय गरेको आरोपमा निलम्बन

अन्ततः भीएलएन काण्डमा फसे न्यायाधीश, त्रुटिपूर्ण निर्णय गरेको आरोपमा निलम्बन



काठमाडौं । सर्वोच्च अदालले भीएलएन मुद्दामा त्रुटिपूर्ण निर्णय गरेको आरोपमा जिल्ला अदालत ललितपुरका जिल्लान्यायाधीश विश्वमंगल आत्रेयलाई निलम्बन गरेको छ ।

भीएलएनका आरोपी राम श्रेष्ठ विरुद्ध करिब २ अर्ब ८६ करोड रुपैयाँ ठगी गरेको आरोपमा मुद्दा दायर भएकोमा ललितपुर जिल्ला अदालतका न्यायाधिस विश्वमंगल आत्रेयको इजलासले सफाइ दिएको थियो । तर, अनुगमनका क्रममा आत्रेयले त्रुटिपूर्ण निर्णय गरेको भेटिएपछि उनलाई निलम्बन गरिएको हो ।

निलम्बनमा परेका आत्रेयलाई सर्वोच्च अदालतमा तानिएको छ । उनको निर्णयको विषयमा छानविन गर्न सर्वोच्चका अर्का न्यायाधीश आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय छानबिन समितिसमेत गठन गरिएको सर्वोच्च अदातले जानकारी दिएको छ ।

केही समय अघि काठमाडौं जिल्ला अदालतले पनि भीएलएनका राम श्रेष्ठलाई सफाइ दिएको थियो । करिब ३ अर्ब रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर भएकोमा १० लाख रुपैयाँ सामान्य धरौटीमा रिहा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्