काठमाडौं । दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुख नेत्र अधिकारीले मनाङेलाई सोमबार सपथ खुवाएका हुन ।
मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वा्चित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।
तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण हालसम्म सपथ लिन पाएका थिएनन ।
८ महिना जेल बसाई पश्चात सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपछि छुटेका उनले सपथका लागि निवेदन दिएका थिए ।
केहि समय अघि थुनामा रहेका रेशम चौधरीले पनि सांसदको शपथ लिएका थिए ।