Logo

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, कांग्रेसको विरोध नाराबाजीमै सिमित

राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित, कांग्रेसको विरोध नाराबाजीमै सिमित



काठमाडौं । चिकित्सा शिक्षा विधेयक २०७५ पास भएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका अवरोधका बीच पनि संसदले उक्त विधेयक पास गरेको हो ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सांसदहरुले नाराबाजी गरिरहेका बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई विधेयक टेबल गर्न अनुमति दिएका थिए ।

कांग्रेस सांसदहरुले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले रोष्टममा पुर्याएपछि उनले उक्त विधेयकको प्रस्ताव पेश गरेका हुन । उक्त विधेयकको पक्षमा सांसदहरुको बहुमतले समर्थन गरेपछि पारित भएको हो ।

मन्त्री पोखरेलले प्रस्ताव पेश गरिरहँदा कांग्रेसका सांसदहरुले नाराबाजी गरिहेका थिए । तर, उक्त प्रस्तावलाई सत्तारुढ नेकपाको बहुमतले पारित गरेपछि उनीहरुको नाराबाजीमै सिमित भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL