Logo

भिओआईपीमा संलग्न २ भारतीय नागरिक पक्राउ, २० प्रकारका उपकरण बरामद

भिओआईपीमा संलग्न २ भारतीय नागरिक पक्राउ, २० प्रकारका उपकरण बरामद



काठमाडौं । अबैध अन्तरराष्ट्रिय कल बाईपास (भिओआईपी)मा संलग्न २ जना भारतीय नागरिक पक्राउ परेका छन ।

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) अपरेसन भ्वाईस फक्स अन्तरगत खटिएको टोलिले सोमबार दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतको घरधाना खुर्द राजस्थानका स्थायी बासिन्दा ३५ बर्षका सुनिल कुमार र राजस्थानकै सिकरमा घर भएका ४१ बर्षिय राम करण जटलाई सामाखुसीस्थित नवराज कुँवरको घरबाट पक्राउ गरिएको हो ।

उनीहरुलाई केन्द्रिय अनुसन्धान ब्युरोले भिओआईपीमा आवश्यक भिओआईपी गेटवे, एन्टेना, ल्यापटपलगायत २० ओटा सामाग्री सहित पक्राउ गरेको छ । भिओआईपीमा संलग्न आरोपीहरुलाई दूरसंचार ऐन २०५३ अनुसार ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको सिआइबीले जानकारी दिएको छ ।

आरोपीहरुबाट हालसम्म भिओआईपीमा संलग्न उपकरणहरु कहाँबाट ल्याउने गरेका थिए भन्ने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL