Logo

वित्त आयोगको अध्यक्षमा पौडेल सिफारिस, समावेशी आयोगमा शान्तराज सुवेदी

वित्त आयोगको अध्यक्षमा पौडेल सिफारिस, समावेशी आयोगमा शान्तराज सुवेदी



काठमाडौं । लामो समयदेखि रिक्त रहेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेललाई सिफारिस गरेको छ ।

संवैधानिक परिषद्को आईतबार बसेको बैठकले पौडेललाई अध्यक्षमा सिफारिस गरेको हो । सरकारले आयोगमा यसअघि नै सचिव नियुक्त गरेपनि पनि अध्यक्षको पद भने खालीनै रहेको थियो ।

सरकारले पुस मसान्तभित्र आयोगको अध्यक्ष सिफारिस गर्ने भनिए पनि झण्डै एक हप्ता ढिला गरी आयोगको अध्यक्षमा पौडेललाई सिफारिस गरेको हो ।

त्यस्तै आयोगले राष्ट्रिय समावेशी आयोगमा शान्तराज सुवेदी, मधेशी आयोगमा डा. विजय कुमार दत्त, थारु आयोगमा विष्णु प्रसाद चौधरी र मुस्लिम आयोगमा समिम अन्सारीलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्