Logo

अडानद्वारा आइक्यानमा ४ साझा उम्मेदवारी दर्ता, पेशागत विकास र गुणस्तरियतामा जोड

अडानद्वारा आइक्यानमा ४ साझा उम्मेदवारी दर्ता, पेशागत विकास र गुणस्तरियतामा जोड


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ चैत, काठमाडौं । लेखाव्यवसायीको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संस्था (आइक्यान) को सातौं काउण्सिलमा नेपाल अडिटर्स एशोसिएसन (अडान) ले चार साझा उम्मेदवारहरुको उम्मेदवारी दर्ता गराएको छ । अडानले आज आइक्यानको कार्यालय सातदोबाटोमा सो उम्मेवदवारी दर्ता गराएको हो । अडानका तर्फबाट बरिष्ठ उपाध्यक्ष सूर्यप्रसाद अधिकारी, केन्द्रीय सचिवहरु यादवप्रसाद न्यौपाने र ध्रुवप्रसाद पौडेल र कोषाध्यक्ष गणेशराज राईको उम्मेदवारी दर्ता गराएका छन् ।

सो कार्यक्रममा अडानका प्रथम उपाध्यक्ष तथा आइक्यानका पार्षद मोहन सुवेदीले लेखापरीक्षकहरुको पेशागत हकहित र एकताका लागि साझा उम्मेदवारी प्रस्तुत गरिएको जानकारी दिए । सुवेदीले अडानको यो प्रयास मुलुककै लागि उदाहरणीय रहेको बताउदै अडान उम्मेदवारहरुको विजय सुनिश्चितताका लागि लेखापरीक्षकहरुलाई एकजुट हुन आग्रह गरे ।

अडान उपाध्यक्ष एवम् आइक्यान पूर्व पार्षद कृष्ण पौडेलले अडानको साझा उम्मेदवारी नै विजयको मुख्य आधार भएको बताए । अडानका साझा उम्मेदवारहरु लेखापरीक्षण पेशाको विकास र गुणस्तरीयताका लागि प्रस्तुत भएको बताउदै पौडेलले यो विजयले लेखा व्यवसायको संस्थागत विकासमा योगदान पुग्ने बताए ।

आइक्यान काउन्सिलमा १० जना सिए र ४ जना आरए निर्वाचित हुने व्यवस्था छ । साथै, सरकारको तर्फबाट ३ जना मनोनित हुने व्यवस्था रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL