Logo

वैदेशिक रोजगारीबाट फर्कने कामदारमार्फत सुन तस्कर गर्ने पक्राउ, थप अनुसन्धान गरिँदै

वैदेशिक रोजगारीबाट फर्कने कामदारमार्फत सुन तस्कर गर्ने पक्राउ, थप अनुसन्धान गरिँदै



काठमाडौं । काठमाडौं प्रहरी परिसरले सुन तस्करीको आरोपमा समिर श्रेष्ठलाई पक्राउ गरेको छ । धनकुटा घर भएका श्रेष्ठलाई २५० ग्राम सुन र ४२ हजार रुपैयाँ नगद सहित पक्राउ गरेको हो ।

पछिल्लो समय सुन तस्करले फर्जी विल बनाएर वैदेशिक रोजगारीबाट फर्कने कामदारमार्फत सुन आयात गर्दै आएका थिए । सोको अनुसन्धानमा खटिएको प्रहरीले श्रेष्ठलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार श्रेष्ठले पनि यूएई, कतार लगायतका मुलुकबाट फर्किने कामदारसँग प्रतिव्यक्ति ५०÷५० ग्राम सुन ल्याउने गरेका थिए । त्यसरी सुन ल्याउदा तस्करहरुले कामदारलाई ५ देखि १० हजार रुपैयाँ दिने गरको सम्बद्ध स्रोतको भनाई छ ।

श्रेष्ठलाई पनि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको गेटमा कामदारमार्फत ल्याएको सुन संकलन गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि राजस् अनुसन्धान विभाग पठाएको समेत प्रहरीले जानकारी दिएको छ ।

केही समयघि बिजखबरले अनुसन्धानमा आधारित रहेका तस्करले वैदेशिक रोजगारीमा फर्कन कामदारमार्फत सुन तस्कर गर्न थाले भन्ने समाचार समेत प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्