काठमाडौं । र्याडीसन होटलका अध्यक्ष गोविन्द दास श्रेष्ठको निधन भएको छ । ८७ बर्षिय श्रेष्ठको बुधबार विहान मुम्बईस्थित लिलादेवि अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
भारतको मुम्वईमा क्यान्सरको उपचार गराईरहेका उनको बुधबार विहान उपचारका क्रममा निधन भएको र उनको शवलाई विहीबार काठमाडौं ल्याईने परिवार स्रातले जानकारी दिएको हो ।
र्याडीसन होटलका मालिक रहेका उनले माल्दीभ्सको वाणिज्य दुत भएर काम गर्नुका साथै नेपालको पर्यटन उद्योगमा ४ दशक काम गरेका छन । उनको अन्तिम संस्कार भने उनको ईच्छा अनुसार चितवनको देवघाटमा गरिने परिवार स्रोतले जानकारी दिएको छ।