काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफु वाईडवडी खरिद प्रक्रियामा निर्दाेष भएका बताएका छन ।
सोमबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अधिकारीले वाइडबडी खरिदमा भएको अनियमितताको अनुसन्धान निष्पक्ष भएर गर्न समेत आग्रह गरेका छन ।
उनले वाइडबडी खरिद गर्ने निर्णय आफ्नो कार्यकालमा नभएको र आफूले पूर्ववत निर्णयहरुलाई कार्यान्वयन मात्रै गरेको स्पष्टोक्ति दिएका हुन ।
आफुले पहिले नै निर्धारण भइसकेको समय तालिका अनुसार रकम भुक्तानी गरेको भएपनि आफुलाई विनाकारण फसाईएको उनको भनाई छ ।
यस्तै उनले आफुले नेपाल बायससेवा निगमलाई अगाडी बढाउन विभिन्न कदम चालेपनि खुट्टा तान्ने काम मात्रै भएको बताएका छन । उनले उक्त जहाज किन्नका लागि महालेखासँग कुरा भएको भएपनि महालेखाले सो कुरा भुलेको आरोप लगाएका छन ।