काठमाडौं । भारत सरकारले २ हजारका नोट छाप्न रोक्ने संकेत देखाएको छ । भारतिय रिजर्भ बैंकमा यसको संख्या धेरै भएको हुँदा नै यसको छपाईमा रोक लगाउने संकेत भारतीय सरकारले शुक्रबार दिएको हो ।
आर्थिक मामिला मन्त्रालयका सचिव सुवास चन्द्र गर्गले शुक्रबार ट्विट गर्दै अपेक्षाभन्दा बढी नै नोट छापिएको जानकारी दिएका छन । उनले आफ्नो ट्विटमा छाप्नुपर्ने भन्दा ३५ प्रतिशत बढी नोट छापिएकाले बजारमा चाहिनेभन्दा धेरै भएको बताएका छन । यस्तै उनले अब २ हजारका नयाँ नोट छाप्नका लागि कुनैपनि निर्णय नभएको पनि जानकारी दिएका छन ।
भारत सरकारले पुराना १ हजार र ५ सयका नोट प्रतिवन्ध गरेपछी तत्कालै नयाँ २ हजारका र ५ सयका नोट बजारमा ल्याएको थियो । सन २०१६ मा भारतीय सरकारले बजारमा भएका करिव ८६ प्रतिशत ५ सय र १ हजारका नोट नस्ट गरेको थियो ।