काठमाडौं । अघिल्लो बर्षझै यस बर्ष पनि विश्वकै शक्तीशाली सिईओको रुपमा अमेजन कम्पनीका सिईओ जेफ बेजोसले बाजी मारेका छन । फोर्व्स म्यागेजिनले हालै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार यो बर्ष भने फेसबुकका सिईओ मार्क जुकरवर्ग तेस्रो स्थानमा परेका छन ।
त्यस्तै एप्पल कम्पनीका सिईओ टीम कुक भने यो बर्ष उत्कृष्ट सिईओको सुचिमा आठौं स्थानमा परेका हुन ।
अमेजनको पछिल्लो समय कुल सम्पत्ती १ सय ३३ बिलियन डलर रहेको छ । कम्पनीका सिईओ जेफ बेजोसले गएको बर्षको अगस्टमा मात्रै एक बुकस्टोरको सुरुवात गरेका छन । उनको कम्पनीले ईन्टरनेटको माध्यमबाट विश्व बजारमा आफ्ना उत्पादनहरु बेच्ने गर्दछ । यस्तै विश्वकै उत्कृष्ट सिईओको दोस्रो स्थानमा भने गुगल, अल्फाबेटका सिईओ ल्यारी पेज परेका छन । उनको विश्वकै ठुलो सर्च ईन्जिन गुगल र हालै न्युजिल्याण्डमा परिक्षण गरिएको उड्ने कार कम्पनीमा लगानी रहेको छ ।
यस्तै उत्कृष्ट १० सिईओको तेस्रो स्थानमा परेका फेसबुकका सिईओ मार्क जुकरवर्गले आफ्नो कम्पनीको सेयर मूल्य ३ दशमलव ५ प्रतिशत पुर्याएका थिए । यस्तै चौथो स्थानमा वारेन बफेट परेका छन । उनी बर्कसाईर कम्पनीका सिईओ हुन । उनको कम्पनीले एप्पलको ७ करोड ५० लाख सेयर किनेको छ ।
यसैगरी विश्वका उत्कृष्ट सिईओमा जेपी मोर्गन कम्पनीका सिईओ जेमी डाइमोन पाँचौं, अलिबाबाका सिईओ ज्याक मा छैठौं, वालमार्टका सिईओ, डग म्याकमीलान सातौं, एप्पलका सिइओ टीम कुक आठौं, टेस्ला कम्पनीका सिईओ एलोन मस्क नवौं र टेनसेन्टका सिईओ मा हुटेङ दसौं स्थानमा पर्न सफल भएका छन ।
रमाईलो कुरा त के भने विश्वका उत्कृष्ट १० सिईओ मध्ये ८ जना सिईओ अमेरिकी कम्पनीका हुन भने अन्य २ जना चिनियाँ कम्पनीका सिईओ हुन ।