काठमाडौं । स्काई ओभरसिजका मालिक बलबहादुर तामाङविरुद्ध १९ करोड ५८ लाख रुपैयाँ कर छलीको आरोप लागेको छ ।
आन्तरिक राजस्व अनुसन्धान विभागले तामाङविरुद्ध करछलीको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो ।
उनीविरुद्ध बिगो र जरिवानासहित सो रकम बराबरको करछली गरेको आरोप लागेको छ ।
वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष पनि रहेका उनको कम्पनीले साउदी, कतार, मलेसिया र बहाइनलगायतका खाडी मुलुकमा कामदार पठाउँदै आएको थियो ।