Logo

बन्द हड्ताल रोक्न सिएनआइएको आग्रह, राजनितीक सहमतिबाट निकासा निकाल्न सुझाव

बन्द हड्ताल रोक्न सिएनआइएको आग्रह, राजनितीक सहमतिबाट निकासा निकाल्न सुझाव


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२४ चैत,काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)ले बन्द हड्ताल जस्ता गतिविधि बन्द गर्न आग्रह गरेको छ । मंगलवार एक विज्ञप्ति जारी गरी राजनीतिक गतिरोधलाई नलम्ब्याई राजनीतिक सहमतिबाट वा प्रजातान्त्रिक विधिबाट निकास निकाल्न आग्रह गरेको हो ।

सिएनआईले नेकपा–माओवादी सहितका ३० राजनीतिक दललाई प्रस्तावित लामो बन्द र अवरोधको कार्यक्रम फिर्ता लिन र सहमतीको माध्यमबाट समस्याको समाधान गर्न आग्रह गरेको छ ।

सिएनआईले बन्द हडतालले मुलुकको अर्थतन्त्र क्षत विक्षत हुने अवस्थामा पुगेका बताएको छ । साथै यस्ता गतिविधिले निजी क्षेत्रमा ठुलो निराशा छाएको जानकारी दिएको छ ।

लामो समयदेखि संक्रमणकालबाट गुज्रिरहेको नेपालमा समय समयमा हुने यस्ता बन्द, हडताल र अवरोध, असुरक्षा र अनिश्तिताले यहाँको औद्योगिक क्षेत्र आक्रान्त भएको सिएनआइले बताएको छ ।चेम्बरको विज्ञप्तीमा भनिएको छ त्यसबाट एकातिर स्वदेशी र बैदेशिक लगानीमा प्रतिकुल असर परेको छ भने अर्कोतिर स्वदेशमा रोजगारीको अवसर नपाएर प्रति दिन सयौंको संख्यामा नेपाली युवा युवतीहरु बिदेशिन बाध्य छन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL