Logo

प्रधानन्यायाधीसका लागि जबराको नाम अनुमोदन, ३ बर्ष कार्यभार सम्हाल्ने

प्रधानन्यायाधीसका लागि जबराको नाम अनुमोदन, ३ बर्ष कार्यभार सम्हाल्ने



काठमाडौं । प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जबरा लाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले जबरालाई नेपालको प्रधानन्यायाधीशका लागि सर्वसम्मत रूपमा अनुमोदन गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएपछि जबराले प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने छन्।

उनी तीन वर्षका लागि प्रधानन्यायाधीश बन्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL