Logo

सदस्यसचिव पराजुलीद्वारा पदबहाली, आर्थिकस्तर वृद्धि गर्न पहल गर्ने

सदस्यसचिव पराजुलीद्वारा पदबहाली, आर्थिकस्तर वृद्धि गर्न पहल गर्ने



काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डका सदस्यसचिव चक्रबहादुर पराजुलीले बोर्डको उद्देश्य परिपूर्तिका लागि यस क्षेत्रमा देखिएका व्यावहारिक कठिनाइ चिर्ने बताएका छन ।

उनले आईतबार पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा बोर्डको दायरा फराकिलो बनाउन, स्तरोन्नति र आर्थिकस्तर वृद्धि गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन । साथै उनले बोर्डलाई राज्यको पुनः संरचनाअनुसार लैजान पहल गर्ने समेत बताएका छन ।

तत्कालीन नेकपा (एमाले) को केन्द्रीय अनुशासन आयोगका सदस्यसमेत रहेका पराजुलीलाई मन्त्रिपरिषद्को यही पुस ६ गतेको बैठकले ४ वर्षका लागि सदस्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

पुस ६ गते निर्णय भए पनि पराजुलीले भने आईतबार मात्रै पदबहाली गरेका हुन । सदस्यसचिव पराजुलीसँग यसअघि शिक्षण र समाजसेवाका रूपमा लामो समय काम गरेको अनुभव समेत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL