Logo

३ सयओटा विद्युतीय बस खरिद गर्ने सरकारी निर्णय, प्राधिकरण गठन गरी निजी क्षेत्रलाई पनि संलग्न गराईने

३ सयओटा विद्युतीय बस खरिद गर्ने सरकारी निर्णय, प्राधिकरण गठन गरी निजी क्षेत्रलाई पनि संलग्न गराईने



काठमाडौं । सरकारले ३ सयओटा विद्युतीय बस खरिद गर्ने भएको छ ।

काठमाडौंमा सुविधा सम्पन्न र वातावरणमैत्री बस सेवा संचालनका लागि मन्त्रिपरिषदको बैंठकले ३ सय ओटा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको संचार तथा सुचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिए ।

काठमाडौं उपत्यकामा मास ट्रान्सपोर्ट सुरु गर्ने उद्देश्य अनुरुप सरकारले ठूलो मात्रामा विद्युतीय बस खरिद गर्ने निर्णय गरेको हो ।

उक्त बस संचालनका लागि छुट्टै प्राधिकरण गठन गरिने भएको छ । साथै उक्त बस खरिदका लागि निजी क्षेत्रलाई पनि संलग्न गराईने समेत बाँस्कोटाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL