Logo

ट्रिपरलाई अवैधानिक रुटपास, यात्रुलाई सास्ती समितिलाई फाईदा

ट्रिपरलाई अवैधानिक रुटपास, यात्रुलाई सास्ती समितिलाई फाईदा



काठमाडौं । विभिन्न ट्रिपरहरुले अवैधानिक रुपमा दिउँसो चल्नलाई पास लिएको पाईएको छ । हाल नेपाल निर्माण व्यबसायी समितिले दिउँसो सडक तथा विभिन्न बाटोहरुको निर्माण गर्न भन्दै ट्रिपर व्यबसायीसँग पैसा असुलेर पास दिने गरेको पाइएको हो ।

गृह मन्त्रालयले गएको साउन १ गतेदेखि ट्रिपरकै कारणले सडक दुर्घटना बढेको भन्दै दिउँसो ट्रिपरलाई चल्न रोक लगाएको थियो । यस्तै सोहि अनुसार मन्त्रालयले ट्रिपरलाई बेलुका ८ बजेदेखि विहान ५ बजेसम्म मात्रै चल्न दिने नियम बनाएको थियो । तर निर्माण व्यबसायी समितिले दिउसो बनाउनुपर्ने सडकलाई निर्माणका सामग्री ओसारपसार गर्न अप्ठ्यारो भएको भन्दै केहि ट्रिपरलाई मात्रै दिउसो चल्न पास दिनका लागि मन्त्रालयले आदेश दिएको थियो । तर मन्त्रालयको सोही आदेशको फाईदा उठाउँदै समितिले विभिन्न ट्रिपरलाई पैसा असुलेर पास दिने गरेको पाईएको छ ।

समितिले दिउँसो चल्नका लागि पास लिन चाहने ट्रिपरबाट ८० हजार देखि १ लाख रुपैयाँसम्म असुलेर पास दिने गरेको पाइएको हो । यस्तै ट्रिपर व्यबसायीले भने उक्त पास लिएर सडकको मात्रै सामान ओसारपसार नगरेर अन्य भवन निर्माणका सामग्री पनि बोक्ने गरेका पाईएको छ ।

सो पास लिएपछि दिउसो चलाउने ट्रिपर व्यबसायीले मासीक नै १० देखि १५ लाख रुपैयाँसम्म कमाउने गरेको पाईन्छ । यस्तै ट्रिपरले विभिन्न सामानहरु बोक्दा छोपेर बोक्नुपर्ने नियम छ तर ट्रिपर व्यबसायीका लागि भने त्यो नियम लागु भएको छैन । ट्रिपर चालकले विभिन्न निर्माण सामग्रीहरु नछोपेर हिँड्दा सडकमा गीट्टी, बालुवा खस्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL