Logo

जनस्वास्थ्यका ६ कर्मचारी विरुद्ध मुद्दा,औषधिमा भ्रष्टाचार गरेको आरोप

जनस्वास्थ्यका ६ कर्मचारी विरुद्ध मुद्दा,औषधिमा भ्रष्टाचार गरेको आरोप


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता

२३ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका तत्कालिन प्रमुखसहित ६ जनाबिरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले औषधी खरिदमा भ्रष्टाचार गरेको अभियोगमा सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएकामा तत्कालिन जिल्ला स्वास्थ्य प्रमुख केहर सिंह गोदार (हाल पाल्पा जिल्ला प्रमुख), लेखा अधिकृत पूर्णप्रसाद रेग्मी, नायब सुब्बा लक्ष्मीभक्त उपाध्याय, लेखापाल लक्ष्मीभक्त शर्मा, नयाब सुब्बा कृष्ण प्रसाद ढुंगाना र मेडीको फर्माका संचालक जगन्नाथ ओझा रहेका छन् ।

गोदार र ओझाले करिव झण्डै १७ लाख रुपैयाँ, रेग्मी र उपाध्यायले १२ लाख ३२ हजार तथा शर्मा र ढुंगानाले ४ लाख ६० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले जानकारी दिएको छ ।
अख्तियारले उनीहरुविरुद्द सोहि अनुसारको बिगो दाबी गरेको छ ।

एमोजीकिलिन (५०० एमजी) लगायत क्याप्सुल औषधी खरिद गर्ने क्रममा अनियमितता गरेको अख्तियारले बताइएको छ ।

उनिहरुविरुद्ध औषधी खरीद गर्ने क्रममा सार्वजनीक खरिद ऐन र नियमको उलंघन गरेको, औषधी स्टोरमा पर्याप्त हुँदा हुँदै मौज्दात नभएको भनि झुठ्ठा बिबरण उल्लेख गरी औषधी खरीद गर्ने टिप्पणी सदर गरेकाजस्ता अभियोग लागेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL