Logo

बीएफआइएनले गर्याे अन्तरराष्ट्रिय सम्मेलन, रिस्क म्यानेजमेन्ट एशोसिएसन अफ ईन्डीया सँग सम्झौता

बीएफआइएनले गर्याे अन्तरराष्ट्रिय सम्मेलन, रिस्क म्यानेजमेन्ट एशोसिएसन अफ ईन्डीया सँग सम्झौता



काठमाडौं । बैकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्टिच्यूट अफ नेपाल  (बीएफआइएन)ले डिजिटल विश्वमा मानव स्रोतको रुपान्तरण सम्बन्धी सम्मेलनको आयोजना गरेको छ । कम्पनीले आयोजना गरेको अन्र्तराष्ट्रिय स्तरको १ दिने सम्मेलनको काठमाडौंमा आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा चिरंजीवि नेपालले बैंक तथा वित्तीय संस्थाले ग्राहकको सेवालाई ध्यानमा राख्दै नयाँ प्रविधि भित्र्याउन र यसबाट उत्पन्न हुने समस्यालाई समाधान गर्न समेत तयार रहनु पर्ने धारणा राखेका छन कार्यक्रममा बीएफआइएन र रिस्क म्यानेजमेन्ट एशोसिएसन अफ ईन्डीया र केयर एडभाईजरी रिसर्च एन्ड ट्रेनिङ कम्पनीबीच सम्झैता पनि भएको छ ।

उक्त सम्झौतामार्फत उक्त संस्थाहरुबीच ज्ञान तथा सीपको आदानप्रदान गर्ने संयुक्त रुपमा कोर्ष संचालन गर्ने सहमती भएको हो ।

उक्त समारोहमा नेपाल तथा भारतका बक्ताहरु तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका उच्च पदस्थ कर्मचारीहरु र अन्य कर्मचारीहरु समेत गरि करिब २ सय जनाको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL