Logo

चुक्ता पूँजी बढाउन ऐन परिमार्जन गर्दे नागरिक लगानी कोष, बैशाखदेखि स्टक डिलरको काम

चुक्ता पूँजी बढाउन ऐन परिमार्जन गर्दे नागरिक लगानी कोष, बैशाखदेखि स्टक डिलरको काम



काठमाडौं । नागरिक लगानी कोषले आगामी बैंशाखबाट स्टक डिलरको काम गर्ने भएको छ । कोषको २३ औं बार्षिक साधारणसभामा बोल्दै कोषका कार्यकारी निर्देशक रमण नेपालले आगामी बैंशाखबाट स्टक डिलरको काम गर्ने गरी तयारी गरेको जानकारी दिएका हुन् ।

कोष ऐनले निर्दिस्ट गरेको काम, कारबाही र अधिकारको उचित प्रयोगबाट संस्थालाई अगाडी बढाउदै सेयरधनीलाई अधिकतम प्रतिफल तथा गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिवद्धता समेत उनले व्यक्त गरे ।

कोषले आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । साधारणसभाले आफ्ना लगानीकर्तालाई २२ प्रतिशत बोनस सेयर र उक्त सेयरमा लाग्ने कर प्रयोजनको लागि १ दशमलव १६ प्रतिसत प्रतिशत नगद लाभांस दिने प्रस्ताव पारित गरेको हो ।

कोषको आब २०७३÷७४ को नाफाबाट उक्त बोनस सेयर दिने प्रस्ताव पारित गरेको हो । आब २०७२÷७३ मा कोषको नाफा २३ करोड ७२ लाख रुपैया रहेकोमा आब २०७३÷७४ मा २९ करोड २४ लाख रुपैया पुर्याएको थियो । कोषकोे चालु आबको असोज मसान्त सम्ममा कोषको फण्ड १ खर्ब ११ अर्ब ५८ करोड रुपैया पुगेको छ । सो अवधिमा कोषले १ खर्ब १० अर्ब ८९ करोड रुपैया लगानी गरेको छ ।

साधारणसभामा कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईले आगामी दिनमा सातै प्रदेशमा शाखा विस्तार गर्ने बताउँदै कोषलाई समय सापेक्ष रुपमा अघि बढाउन लगानी नीतिमा परिमार्जन गरेको बताए । साथै आगामी दिनमा कोषले ऐन परिमार्जन गरी चुक्ता पूँजी समेत वृद्धि गर्ने उनको भनाई थियो ।

साथै कोष संचालक समितिका सदस्य डा.रामशरण खरेलले अहिलेको व्यवस्थापन समुहले बिगतको कमीकमजोरीको जिम्मेवारी लिएर काम गरिहेको र आब २०७४÷७५ को प्रतिवेदनले सेयरधनीले उठाएका सबै गुनासाहरुको सम्मबोधन धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL