Logo

रिचार्जर एपमा १ रुपैंयामा क्रिसमस क्याप, सुन चाँदी खरीदमा ३० प्रतिशत छुट

रिचार्जर एपमा १ रुपैंयामा क्रिसमस क्याप, सुन चाँदी खरीदमा ३० प्रतिशत छुट



काठमाडौं । मोबाइल एप रिचार्जरले क्रिसमस डेको अवसर पारेर ४ अफर सार्वजनिक गर्ने भएको छ ।

अफर अन्तरगत रिचार्जरको मोबाइल एपबाट डिसेम्बर २२ तारिखका दिन एक रुपैंयामा क्रिसमस क्याप खरिद गर्न सकिने छ । त्यस्तै २३ तारिखका दिन ४ सय ९९ रुपैंयामा किप्याड मोबाइल खरिद गर्न अर्डरगर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

रिचार्जरका प्रबन्ध निर्देशक टीकाराम बुडाथोकीका अनुसार १ रुपैंयामा क्रिसमस क्याप खरिद गर्नका लागि युजरसँग १ सय ५० क्यास व्याक प्वाइन्ट जम्मा भएको हुनु पर्ने समेत बताएका छन । एप स्टोर तथा गुगल प्लेबाट रिचार्जर एप डाउनलोड गरेर खाता खोल्नासाथ १ सय रुपैयाँ क्यासव्याक पाइने बुडाथोकीले बताएका छन ।

त्यस्तै ४ सय ९९ रुपैंयामा मोबाइल खरिद गर्नका लागि ५ सय क्यासव्याक आवश्यक पर्ने रिचार्जरका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले बताएका छन । उनका अनुसार मोबाइल रिचार्ज गर्दा प्राप्त हुने क्यास व्याक प्वाइन्ट नो डिस्काउण्ट प्रोडक्टमा छुटका रुपमा प्रयोग गर्न सकिन्छ ।

रिचार्जरबाट नेपालका विभिन्न रेष्टुरेण्टहरुमा बिल भुक्तान गर्दा २० प्रतिशत छुट पाइने छ । यो अफर किग्ंस लाउन्ज दरबारमार्ग, दरबार लाउन्ज दरबारमार्ग, जीप्सी पप ठमेल, एला लाउन्ज ललितपुर, दरबार लाउन्ज पोखरा, दरबार लाउन्ज बुटवल, हाईभ लाउन्ज केएल टावर, रोयल ईम्पायर बुटीक होटल बालुवाटार, होटल लोकल सिद्धार्थनगर भैरवामा लागू हुनेछ ।

साथै एप्पल वल्र्ड मोबाइल दरबारमार्ग, सिटिसी मोबाइल हब सुनधारा, केल मोबाइल हब चाबहिल र सिटिभि मोबाइल पसल नम्बर १ सय १३, ताम्राकार कम्प्लेक्समा मोबाइल सर्भिस गरी आफ्नो मोबाइलमा रिचार्जरको एकाउण्ट शो गर्दा ३० प्रतिशत छुट पाइने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताएका छन ।

नेपालका साथै विभिन्न मुलुकमा शाखा रहेको बराह ज्वेलरीमा सुन, चाँदी खरीद तथा गहना बनावटमा समेत ३० प्रतिशत छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्