Logo

निक्षेपको व्याजदर घटाएकोमा चेम्बरको स्वागत, कर्जाको ब्याजदर घटाउन माग

निक्षेपको व्याजदर घटाएकोमा चेम्बरको स्वागत, कर्जाको ब्याजदर घटाउन माग



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बैंकमा निक्षेपको व्याजदर घटेको सहमतीको स्वागत गरेको छ । चेम्बरले लामो समय देखि उच्चव्याज दरको कारणले अर्थतन्त्रमा देखिएको नकारात्मकप्रभावलाइ सम्वोधनगर्न नेपाल राष्ट्र बैंकको पहलमा वैकंर्स संघको वैठकबाट भएको भद्र सहमतीको स्वागत गरेको हो ।

विहीबार नेपाल बैंकर्स संघले साधारण बचतमा वढिमा ६ दशमलव ५० प्रतिशत, व्यक्तिगत मुद्यती निक्षेपमा वढीमा ९ दशमलव ७५ प्रतिशत र संस्थागतनिक्षेपमा ९ दशमलव ५० प्रतिशतभन्दा वढि व्याजनदिने भद्र सहमतिको गरेको हो ।

यसका साथै चेम्बरले यस अघि बैंकहरुले अनियन्त्रित एवं एकतर्फी तवरबाट उद्योगी तथा व्यवसायीहरुले लिएको कर्जामा लगाएको उच्चव्याज दर अविलम्व घटाउन पनि वैंकहरुलाइ निर्देशनका लागि नेपाल राष्ट्र वैक संग आग्रह गरेको छ ।

चेम्बरले शुक्रकबार एक विज्ञप्ती जारी गर्दै अहिले तोकिएको व्याजदरले आर्थिक गतिबिधिहरुलाइ वढि कृयाशील बनाइ लगानी प्रवद्र्धनमा सकात्मक असर पर्ने जानकारी दिएको हो ।

एकल अंकको व्याज दरले लगानी योग्य पूँजी माग वढ्ने भएकाले यसलाइ पनि सम्वोधनगर्न नेपाल राष्ट्र वैकले बिशेष पहलगर्नु पर्ने एवम सरकारलाइ पनि पुंजीगत खर्च वढाउन आवश्यक कार्य योजना बनाइ लागु गर्न नेपाल चेम्वर अफकमर्सले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL