Logo

पोलिमर नोट छपाइमा पूर्व गभर्नर तिलक रावल सहित ३ जना विरुद्ध मुद्दा दायर, ९१ लाख विगो दाबी

पोलिमर नोट छपाइमा पूर्व गभर्नर तिलक रावल सहित ३ जना विरुद्ध मुद्दा दायर, ९१ लाख विगो दाबी



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलसहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले रावलसहित तत्कालिन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका स्थानीय प्रतिनिधि हिमालय बहादुर पाँडे विरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले तीन जनालाई नै समान ९१ लाख ९ हजार ८ सय ८१ रुपैयाँ विगो सहित मुद्दा दायर गरेको हो ।

नेपाल राष्‍ट्र बैंकबाट १० रुपैयाँको नोट छाप्दा भ्रष्टार भएको ठहर गर्दै उनीहरु विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । तत्कालिन समयमा राष्ट्र बैंकले पोलिमरको १० रुपैयाँको ५ करोड थान नोट छप्दा अष्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको र गैरकानूनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियारले अनुसन्धानका क्रममा नेपाल राष्ट्र बैंक र नोट प्रिन्टिङ अष्ट्रेलिया तथा त्यसका स्थानीय प्रतिनिधिबीच निरन्तर पत्राचार हुने गरेको भेटिएको जानकारी दिएको छ । त्यस्तै छापिएका नोटका कमी कमजोरी सञ्चार माध्यममा नछाप्नका लागि मिडियाकर्मीहरुलाई थाईल्याण्ड हुदै अष्ट्रेलिया पठाउने गरेका समेत अख्तियारको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्