Logo

मेक्सिकोका राष्ट्रपतिद्वारा १ तिहाई तलब फिर्ता, तलव सामाजिक सेवामा लगाउन अह्वान

मेक्सिकोका राष्ट्रपतिद्वारा १ तिहाई तलब फिर्ता, तलव सामाजिक सेवामा लगाउन अह्वान



काठमाडौं । मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोरले आफ्नो तलबको १ तिहाई रकम राज्यकोषमा फिर्ता गरेका छन ।

उनले यही डिसेम्बर १ तारिखबाट लागू हुनेगरी राज्यकोषबाट आफूले प्राप्त गर्ने तलबको १ तिहाई फिर्ता गर्न थालेको समाचारमा जनाइएको छ । उनले अघिल्लो दुई हप्ताको २९ प्रतिशत तलब फिर्ता गरेकोे राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

एक पत्रकार सम्मेलनमा उनले अब आफ्नो मासिक तलब ५ हजार ३ सय ७३ डलर पुगेको र त्यसलाई मितव्ययी भई सदुपयोग गर्ने योजना बनाएको जानकारी दिए ।
‘मैले फिर्ता गर्ने भनेको रकम राज्यकोषमा फिर्ता गरिसकेको छु,’ लोपेजले पत्रकारहरुसँग भने ।

उनले सर्वोच्च अदालतका न्यायाधीशसहित सार्वजनिक सेवामा रहेका अन्य उच्च पदाधिकारीलाई पनि आफ्नो तलब सामाजिक सेवामा लगाउन आह्वान गरेका छन ।

देशको ठूलो कर्मचारीतन्त्रका विषयमा जनताले प्रश्न उठाएकाले त्यसलाई न्यूनीकरण गर्न आवश्यक रहेको पनि उनले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्