Logo

हस्तकलाको जगेर्ना गर्न महासंघलाई जोशीको आग्रह, ललितपूरको उत्पादनमा स्टिकर

हस्तकलाको जगेर्ना गर्न महासंघलाई जोशीको आग्रह, ललितपूरको उत्पादनमा स्टिकर



काठमाडौं । वरिष्ठ संस्कृतीविद सत्यमोहन जोशीले हस्तकलाको जगेर्ना गर्न हस्तकला महासंघलाई आग्रह गरेका छन ।

नेपालका बहुमूल्य अमूर्त संस्कृति तथा कौशलपूर्ण हातबाट सिर्जित कलात्मक वस्तुहरु विस्तारै लोप हुदैं गएको तथ्यलाई औल्याउँदै हस्तकला महासंघले संस्कृतिको परिचयको रुपमा रहेको हस्तकलाको जगेर्ना, प्रवद्र्धन तथा विकासमा योगदान पुर्याउन उनले आग्रह गरेका हुन ।

नेपाल हस्तकला महासंघको ४६ औं वार्षिकोत्सव तथा सातौं हस्तकला दिवसको अवसरमा बोल्दै जोशीले सो कुरा बताएका हुन । युनेस्को सहितको संस्थाले एशीयाका ललितपुर लगायत २७ शहरहरुलाई कलानगरी घोषणा गरी सकेको छ ।

कार्यक्रममा बोल्दै शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतीविद जोशीले ललितपुर कला नगरीका रुपमा मात्र नभई सिङ्गो नेपाल चिनाउन सफल भएको बताएका छन ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष धर्मराज शाक्यले हस्तकलाको स्थानीय तथा निकासी व्यापार्रलाई प्रवद्र्धन गर्न महासंघले आफ्नो ध्यान केन्द्रीत गरेको बताएका छन ।

साथै उनले ललितपुर महानगरपालिका भित्र उत्पादन भएका हस्तकलाका वस्तुहरुको गुणस्तरियता कायम गरी कला नगरीको उत्पादन अंकीत स्टिकर टाँसी विक्री गरेमा उत्पादनले उच्च मूल्य प्राप्त गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL