Logo

मलेसियामा दैनिक १ जना नेपालीको मृत्यु, २०१८ मा मृत्यु हुनेको संख्या ३२२

मलेसियामा दैनिक १ जना नेपालीको मृत्यु, २०१८ मा मृत्यु हुनेको संख्या ३२२



काठमाडौं । मलेसियास्थित नेपाली राजदूतावासले दिएको तथ्याङक अनुसार दैनिक एक नेपाली कामदारको मृत्यु हुने गरेको छ । आत्महत्या, सडक, कारखाना दुर्घटना, लगायतका कारणले उनिहरुको मृत्यु भएको तथ्याङकमा उल्लेख छ ।

राजदूतावासले दिएको तथ्याङकअनुसार सन् २०१८ को हालसम्म ३ सय २२ को विभिन्न कारणले मृत्यु भएको छ । यो संख्या गत वर्षको भन्दा कम रहेको छ । गत वर्ष ३ सय ६४ जनाले ज्यान गुमाएको थियो ।

तथ्याङ अनुसार आत्महत्या गरी मर्नेको संख्या ४३ जना, सडक दुर्घटनाबाट २५, रोगका कारण ३९ जना र औद्योगिक दुर्घटनाबाट १७ जनाको मृत्यु भएको छ । त्यसतै सुतिरहेको अवस्था, मदिरा सेवा, आपसी झगडाजस्ता विभिन्न कारणले मृत्यु हुनेको संख्या भने १ सय ९८ जना रहेको छ ।

गत वर्ष मृत्यु भएका मध्ये ६५ जनाले आत्महत्या गरेका थिए । रोगका कारण ६३ को मृत्यु भएको थियो भने सडक दुर्घटनामा २७ र औद्योगिक दुर्घटनामा परी १४ को मृत्यु भएको थियो । अन्य कारणले मृत्यु हुनेको संख्या भने १ सय ९५ जना रहेको थियो ।

पछिल्लो तथ्याङकअनुसार मलेसियामा ३ लाख ८३ हजार जना नेपाली कामदार रहेका छन् । प्रवेशाज्ञाको मिति सकिएर लुकेर काम गर्नेको संख्या १ लाख हाराहारी रहेको अनुमान गरिएको तथ्याङकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL