Logo

राष्ट्रपति भण्डारीद्धारा कर्मचारी समायोजन अध्यादेश जारी

राष्ट्रपति भण्डारीद्धारा कर्मचारी समायोजन अध्यादेश जारी



काठमाडौं । राष्ट्रपति विद्यादेबी भण्डारीले कर्मचारी समायोजन अध्यादेश जारी गरेकी छिन ।

मन्त्रीपरिषदले प्रदेश तथा स्थानीय तहमा कर्मचारी ब्यवस्थापन गर्न ढिलाई भएको भन्दै संसदलाई छलेर ल्याएको उक्त अध्यादेश एक हप्ता पछि राष्ट्रपति कार्यालय पुगेको थियो ।

राष्ट्रपति कार्यालयमा पुगे पछि राष्ट्रपति भण्डारीले आईतबार स्वीकृति प्रदान गरेकी हुन । मन्त्रीपरिषदले प्रदेश तथा स्थानीय तहमा कर्मचारी ब्यवस्थापन गर्न ढिलाई भएको भन्दै संसदलाई छलेर उक्त अध्यादेश गत साता पारित गरेको थियो ।

सरकारले निर्णय गरेको एक साता पछि शीतलनिवास पुगेको ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७५’ राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL