Logo

दार्चुला–काठमाडौं बस सेवा शुरु गरिदै, ८ ओटा बस सञ्चालनमा ल्याउने

दार्चुला–काठमाडौं बस सेवा शुरु गरिदै, ८ ओटा बस सञ्चालनमा ल्याउने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२२ चैत,काठमाडौं । महाकाली सेती यातायात व्यवसायी समितिले आगामी असारदेखि दार्चुला–काठमाडौं बस सेवा शुरु गर्ने भएको छ ।

सेवाग्राहीको मागलाई ध्यानमा राखेर दार्चुला–काठमाडौँका लागि आठ  ओटा बस सञ्चालनमा ल्याइने समितिका अध्यक्ष नवीन भट्टले जानकारी दिए ।  काठमाडौँका लागि बस सञ्चालन गर्न शनिबारदेखि व्यवसायीको आवेदन लिइएको  भट्टले जानकारी दिए ।

समितिले भीमदत्तनगर–दिल्ली वातानुकूलित बस सञ्चालनका लागिसमेत प्रक्रिया अगाडि बढाउने भएको छ ।

विसं २०३७ मा स्थापित सो यातायात समितिले हाल ३ सय ३७ बस र  कञ्चनपुरदेखि विभिन्न स्थानका लागि  ट्क्यासी सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL