बिजखबर संबाददाता
२२ चैत,काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) पोखरा च्याप्टरले शुक्रबार आयोजना गरेको निर्जीवन बिमा सम्बन्धी तालीम सम्पन्न भएको छ । तालीम पोखरामा सम्पन्न भएको छ ।
तालीममा बैंक, बिमा तथा अन्य क्षेत्रका गरी ४५ जनाको सहभागिता रहेको पोखरा च्याप्टरका अध्यक्ष सुनयना पालिखेले जानकारी दिइन् ।
तालीममा शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीप प्रकाश पाण्डे, प्रिमियरका प्रमुख कार्यकारी अधिकृत सुधुम्न उपाध्यायलगायतले सहजीकरण गरेका थिए । तालीमको अद्धघाटन गर्दै बिमा समितिका अध्यक्ष फत्तबहादुर केसीले केही बैंकले बास्तविक भन्दा कम भौतिक संरचनाको मूल्याङ्कन गर्ने गरेको गुनासो गरे ।
निप्स पोखराका अध्यक्ष तथा शिखर इन्स्योरेन्सका पोखरा शाखा प्रबन्धक सुनयना पालिखेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा निप्सका सदस्य राजु पौडेल, तालिम संयोजक गोविन्द देवकोटालगायतको उपस्थिती रहेको थियो ।