Logo

यातायात विभागले डाटा इरर नघटाउँदा मर्कामा मालीका, लाईसेन्स छाप्ने काम सुस्त

यातायात विभागले डाटा इरर नघटाउँदा मर्कामा मालीका, लाईसेन्स छाप्ने काम सुस्त



काठमाडौं । यातायात व्यवस्था विभागले डाटामा आउने इरर घटाउन पहल नगर्दा स्मार्टकार्ड छाप्ने प्रक्रिया सुस्त गतिमा चलिरहेको छ । विभागको पाईपलाईनमा रहेका करिव ६ लाख स्मार्टकार्ड छाप्ने जिम्मा मालिकालाई दिएको हो । कम्पनीले २ महिनामा पाईपलाईनमा रहेका उक्त स्मार्ट लाईसेन्स प्रिन्ट गरेर सक्ने भन्दै जिम्मा लिएपनि सोहि अनुसार गति तीव्र पार्न नसकिएको कम्पनीका प्रवन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए ।

उनका अनुसार दैनिक १५ देखि २० हजारओटा स्मार्ट लाईसेन्स छाप्ने भन्दै सम्झौता गरेकोमा हाल विभागले डाटामा आउने इरर हटाउन कुनै पहल नगर्दा उक्त गतिमा छाप्न नसकिएको हो । ‘हाल दैनिक ८ देखि १० हजार ओटाको संख्यामा मात्रै कार्ड छाप्ने काम भईरहेको छ,’ उनले भने, ‘विभागले तिहारअघि डाटामा आएको ९० प्रतिशत इररमा जम्मा ५० प्रतिशत ईरर कम गरेको थियो । अहिले पनि डाटामा ५० प्रतिशत इरर आउने गरेको छ ।’ तिहारअघि डाटामा आएको इरर घटाउन भारतबाट ईन्जिनियर बोलाएपछि केहि मात्रामा इरर कम गरेपनि त्यसपश्चात विभागकाले कुनै पहल नगरेको उनको आरोप थियो ।

हाल उक्त इरर घटाउनका लागि निवेदन पनि विभागमा बुझाईसकेको र त्यसपश्चात पनि कुनै सुनुवाई नभएको ढकालले बताए । यस्तै उनले आईतबार रातीसम्म १ लाख १० हजारओटा स्मार्टकार्ड लाईसेन्स छापिसकेको जानकारी दिए । उनले आज र भोलीमा डाटा ईन्ट्रीको काम गर्ने र पर्सी अर्थात बुधबारबाट राती र दिउँसो गरी २ सिफ्टमा लाईसेन्स छाप्ने काम गरिने उनले बताए ।
यस्तै उनले डाटामा आएको इररलाई कम गर्नका लागि सुनुवाई नभएकाले आफ्नो कस्ट पनि बढ्न गएको गुनासो गरेका छन ।

प्रतिक्रिया दिनुहोस्