Logo

निरौलासहित दुई सचिव विरुद्ध विशेष अदालतमा मुद्दा, ६९ करोड विगोदावी

निरौलासहित दुई सचिव विरुद्ध विशेष अदालतमा मुद्दा, ६९ करोड विगोदावी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२० चैत,काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डमा भएको भ्रष्टाचारका विषयमा २३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बोर्डका तत्कालीन कार्यकारी प्रमुख सुवास निरौला तथा बहालवाला सचिवहरु सुशिल शरदचन्द्र पौडेल र रञ्जनकृष्ण अर्याल विरुद्ध मुद्दा दायर भएको हो ।
अख्तियारले पूर्व सचिव सुशिल घिमिरे तथा नागरिक उड्ययन प्राधिकरणका महाप्रबन्धक रतिसचन्द्र लाल सुमनलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

बोर्डका अर्का पूर्व कार्यकारी प्रचण्डमान श्रेष्ठ विरुद्ध पनि मुद्दा दायर गरिएको छ ।
मुद्दामा अख्यिातरले ६९ करोड बिगो दाबी गरेको छ । हालसम्म कसैलाइ पनि अदालतमा उपस्थित गराएको भने छैन ।

प्रतिक्रिया दिनुहोस्