Logo

वाईडवडी खरिदमा ७ दिनभित्र राय दिन सार्वजनिक खरिद कार्यालयलाई निर्देशन, सांसद भन्छन्, नियमअनुसार खरिद भएन

वाईडवडी खरिदमा ७ दिनभित्र राय दिन सार्वजनिक खरिद कार्यालयलाई निर्देशन, सांसद भन्छन्, नियमअनुसार खरिद भएन



काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमको वाइडबडी खरिद गर्दा सार्वजनिक खरिद ऐन बमोजिम भए नभएको बारे राय प्रस्तुत गर्न सार्वजनिक खरिद ऐन कार्यालयलाई ७ दिनको समय दिएको छ ।

वाईडवडी खरिद सम्बन्धमा आज भएको छलफलमा निगमले विमान किन्दा संकास्पद भएको भन्दै समितिलाई सार्वजनिक खरिद ऐन अन्तरगत छ वा छैन सो सम्बन्धमा राय दिन निर्देशन दिएको हो । आज भएको छलफलमा सांसदहरुले निगमले सार्वजनिक खरिद ऐन अनुसार खरिद नगरेको भन्ने प्रश्न उठाएपछि समितिले उक्त निर्देशन दिएको हो ।

छलफलमा सार्वजनिक खरिद अनुगम कार्यालय सचिव मधुप्रसाद रेग्मी निमगले विमान खरिद गर्दा आधिकारिक रुपमा आफहरुसँग सहकार्य नगरेको बताए । ‘कार्यालयले हेर्ने समय, लागत, गुणस्तर र परिणाम र प्रतिस्पर्धात्मकको स्थिती हो,’ उनले भने, ‘एयरबसनै किन किन्ने ? १ हजार घन्टा उडानको व्यवस्था किन गरियो यी विषय विचारणीय छ ।’

कार्यक्रममा सांसद ह्दयश त्रिपाठीले यदि सार्वजनिक खरिद ऐन वितपरित खरिद गरेको भए महालेखाले प्रश्न सोध्नुपर्ने बताए । साथै यसका कार्यालयको स्पष्ठ धारणा आउनु पर्ने समेत उनले जानकारी दिए ।

छलफलमा सांसद राजन केसीले जहाज किन्ने विधि र प्रकृया, महालेखाले बेरुजु भनेर प्रष्ट लेखेको भन्दै यो इन्टाइर बिजनेसमा पार्टनरशीप भयो कि भएन खरिद कानुन पालना भयो कि भएन भन्ने विषयमा पश्न उठाएका थिए । यसैगरी सांसद अमनलाल महतो ब्रान्ड जोडिएपछी नै नीतिगत भ्रष्टाचार सुरु हुने बताउँदै यो नै एक प्रकारको सटिङ भएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL