Logo

मिटसुबिसीले गर्याे अध्यक्ष गोसनको बर्खास्ती, आर्थिक हिनामिनाको आरोप

मिटसुबिसीले गर्याे अध्यक्ष गोसनको बर्खास्ती, आर्थिक हिनामिनाको आरोप



काठमाडौं । मिटसुबिसी मोटर्सका अध्यक्ष कार्लाेस गोसनलाई पदबाट बर्खास्त गरिएको छ ।
कम्पनीले आर्थिक अनियमितता गरेको आरोपमा केही दिन पहिले पक्राउ परेका उनलाई सोमबार पदबाट वर्खास्त गरेको हो ।

निसान कम्पनीको समेत अध्यक्ष रहेका गोसनलाई आर्थिक अनियमितता गरेको आरोपमा जापानको बन्दी गृहमा राखी अनुसन्धान चलिरहेका समय बसेको सञ्चालक समितिको निर्णय बमोजिम उनलाई पदबाट निस्कासन गरिएको जानकारी कम्पनीले दिएको छ ।

उनले आफ्नो तलबका रूपमा विगत केही बर्ष यता लिएको भनिएको ४ करोड ४० लाख अमेरिकी डलर बराबर रकमको स्रोत नखुलेको आरोपमा पक्राउ गरिएको थियो ।

मिटसुबीसीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, कम्पनीका अध्यक्ष रहेको अवस्थामा गोसनमाथि आर्थिक हिनाविनाको आरोप लागि पक्राउ भएका गोसनलाई पदबाट वर्खास्त गरिएको छ ।

ब्राजिली मुलका फ्रान्सेली नागरिक गोसनले इन्धन सामथ्र्यबारे ग्राहकलाई छली गरेको आरोपबाट अस्तव्यस्त बनेको कम्पनीको नेतृत्व सम्हाली सन् २०१६ देखि मिटसुबीसीलाई निसान–रेनल्ट कम्पनीको सहकार्यमा बाँधेका थिए । उनको करिब २ बर्षको नेतृत्वकाल सफल रहेको मानिदै आएको थियो । उनको नेतृत्वमा त्रिपक्षीय गठबन्धन रहेको विश्वको अत्याधिक बिक्री हुने कार कम्पनीमा विश्वभर ४ लाख ५० हजार व्यक्तिलाई रोजगारी प्रदान गर्दै आएको छ ।

गोसनलाई निसानको सात सदस्यीय सञ्चालक समितिले सर्वसम्मत रूपमा गत बिहीबार नै पदबाट हटाउने निर्णय गरिसकेको, निसानका प्रवक्ताले जानकारी दिए ।

निसानका अर्का प्रबन्धक अमेरिकी ग्रेग केलीले गोसनले सन् २०११ देखि सन् २०१५ को बीचमा लिएको आफ्नो तलब रकममा अनियमितता गरेको आरोपपछि उनलाई पक्राउ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL