Logo

कम विकसित ४७ राष्ट्रका ७० प्रतिशत युवा स्वरोजगार, अंकट्याडले गर्याे प्रतिवेदन सार्वजनिक

कम विकसित ४७ राष्ट्रका ७० प्रतिशत युवा स्वरोजगार, अंकट्याडले गर्याे प्रतिवेदन सार्वजनिक



काठमाडौं । कम विकसित ४७ राष्ट्रका ७० प्रतिशत युवा स्वरोजगारमा सक्रिय रहेको देखिएको छ । संयुक्त राष्ट्र संघ अन्तरगतको अंकट्याड अर्थात संयुक्त राष्ट्रसंघको व्यापार र विकासको सम्मेललनले विश्वका कम विकसित राष्ट्रको प्रतिवेदन (लिस्ट डेभलप्ड कन्ट्रीज रिपोर्ट २०१८)(एलडिसी) सार्वजनिक गर्दै उक्त तथ्याङक सार्वजनिक गरेको हो ।

संघले प्रत्येक बर्ष सार्वजनिक गर्ने गरेको उक्त प्रतिवेदनमा कम विकसित ४७ राष्ट्रको व्यापार तथा व्यबसायको बारेमा अध्ययन गर्दै आएको छ ।

यस बर्षको रिपोर्टमा भने संघले आन्टरपिनर्सीप अर्थात उद्यमसिलतालाई जोड दिएर रिपोर्ट सार्वजनिक गरेको हो । रिपोर्टले सन २०१७ मा कम विकसित ४७ राष्ट्रमा हाल २७ करोड जना युवा वर्ग स्वरोजगारमा सक्रिय रहेको देखाएको छ । जुन जम्मा रोजगारदाताको ७० प्रतिशत हो भने अन्य विकासील राष्ट्रको तुलनामा ५० प्रतिशतले बढी हो ।

यस्तै एलडिसी भित्र पर्ने राष्ट्रका आधा भन्दा बढी जनसंख्या स्वरोजगारमा सक्रिय रहेकामा २९ प्रतिशत उद्यमसिलतामा र बाँकी १८ प्रतिशत जनता उद्यमी रहेका पनि उक्त रिपोर्टले देखाएको छ । यस्तै विश्वको कुल ग्राहस्थ उत्पादनमा एलडिसी राष्ट्रहरुको योगदान ३५ प्रतिशत रहेको छ ।

रिपोर्टले यी राष्ट्रमा अवस्थित सार्वजनिक क्षेत्रको विकासका लागि हितकारी, व्यबसायिक नीतिको आवश्यक रहेको देखाएको छ ।

बढिजसो एलडिसीज राष्ट्रहरु उद्यमसिलतामा अघि बढिरहेको उक्त रिपोर्टले देखाएको छ । यस्तै रिपोर्टले यस क्षेत्रका राष्ट्रका प्रायजसो उद्यमहरु साना छन भने जम्मा ५८ प्रतिशत उद्यमहरुले २० जना जतिलाई रोजगार दिने गरेको देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL