Logo

गोसनको पक्राउपछि निशान र मिटसुबिसीको सेयरमा गिरावट, के होला भविष्य

गोसनको पक्राउपछि निशान र मिटसुबिसीको सेयरमा गिरावट, के होला भविष्य



काठमाडौं । जापानी कार कम्पनी निशान र मिटसुबिसीको सेयरमा उल्लेख्य गिरावट आएको छ । उक्त कम्पनीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि कम्पनीको सेयरमा गिरावट आएका हो ।

गोसनलाई घरहरूको अस्वभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको अरोपमा पक्राउ गरिएको हो ।

अध्यक्षको पक्राउपछि दुबै कार निर्माण कम्पनीले गोसनलाई हटाउने प्रस्ताब गर्ने बताएका छन् भने रेनल्टले यस बिषयमा चर्चा गर्न मङ्गलबार बैठक बोलाएको जनाएको छ ।

कम्पनीका चर्चित प्रशासकको पक्राउले कार कम्पनी र समग्र उद्योग क्षेत्रमा सनसनी मच्चाएको छ । जापानी अधिकारीले विश्व विख्यात जापानी कार कम्पनीलाईका प्रमुखलाई पक्राउ गरेपछि पनि निशान, मिटसुबिसी र रेनल्ट कम्पनीको स्थायित्वका लागि काम भइरहेको सन्देशसहितका आश्वासनहरू दिइरहेका छन् ।

कम्पनीहरूसँग स्थिर खालको सम्बन्ध राख्नु महत्वपूर्ण बिषय हो, जापानका उद्योगमन्त्री हिरोसिज सिकोले सञ्चारकर्मीसँग भने ।

‘सरकारका रूपमा हामीले गर्न सक्ने सबै कुरा हामी गर्छौँ,’मन्त्री परिषद्का मुख्य सचिब योसिहाइड सुगाले बिषयलाई थप विस्तार नगरिकन बताए ।

चौसठ्ठी बर्षीय गोसनको पक्राउले घाटामा गइरहेका कम्पनीहरूलाई सुधारतिर लानसक्ने क्षमता भएका एक कुशल ब्यवस्थापकको छविमा ठूलो आघात पु¥याएको छ । उनको यो कुशल कार्यका लागि फ्रान्समा उनलाई ‘ले कस्ट किलर’ का नामले चिनिने गर्छ ।

फ्रान्स सरकारले भने फ्रान्समा गोसनले कर छली गरेका कुनै तथ्य नभेटिएको तर टोकियोका कानूनाधिकारीहरूले उनिमाथि आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।

गोसनको पक्राउ भएको भन्ने पत्याउनै कठीन लाग्दो समाचार बाहिरिँदा उनलाई कहाँ र कसरी राखिएको छ भन्ने बिषयमा पनि निकै थोरै जानकारी मात्र सरकारले दिएको थियो । यद्यपि टोकियोका अभियानकर्ताहरूले प्रयोग गर्ने कैदी गृहर्मा राखिएको विभिन्न सरकारी अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा मङ्गलबार बताएका छन् ।

जापानी अभियोजनकर्ताहरूले भनेका छन, ‘गोसनलाई विगत ५ बर्षमा ४४ करोड ५० लाख अमेरिकी डलर आम्दानी गरेको भन्ने समाचारहरूका आधार र केही अन्य शङ्कास्पद गतिविधिका आधारमा पक्राउ गरिएको हो ।’

निशानका कार्यकारी प्रमुख हिरोटो साइकावाले अधिकारीहरूको महिनौ लामो अनुसन्धानले उनले केही बर्ष यता गरेका आर्थिक अनियमिततालाई बाहिर ल्याएको हो । उनिमाथि तलब र अन्य गतिविधिमासमेत कम्पनीको सम्पत्तीको दुरूपयोग गरेको आरोप रहेको छ ।

निशानले गोसनलाई विभिन्न चार देशमा घर उपलब्ध गराएको तर यसको कुनै कानूनसम्मत कारण नभेटिएको र निशानले उक्त घरहरूका लागि ‘ठूलो रकम’ बुझाएको पाइएको जापानको सार्वजनिक टेलिभिजन प्रशारक एनएचकेले जनाएको छ । गोसनले उक्त रकमले ब्राजिलको रियो दि जेनेरियो, बेरुत, पेरिस र आर्मस्टर्डममा घर किनेका एनएचकेले जनाएको छ ।

गोसनसँगै पक्राउ परेका कम्पनीका अर्का उच्च अधिकारी ग्रेग केलीले कम्पनीका अन्य उच्च अधिकारीहरूलाई पनि तलबबारे जानकारी नगराउन भनेका बताइएको योमिउरी शिम्बुनले जानकारी दिए ।

कम्पनीका उच्च अधिकारी खासगरी गोसनको पक्राउ प्रकरणका कारण मङ्गलबार टोकियोमा निशानको शेयर मूल्यमा ५ दशमलव ४५ प्रतिशतले कमी आएको छ । त्यस्तै मिटसुबिसीको शेयर मुल्यमा ५ दशमलव ८४ प्रतिशतले कमी आएको छ ।

गोसनले आफु र आफ्ना प्रतिनिधिले यसबारे केही बताएका छैनन् । तर निशानका कार्यकारी साइकावाले भने गोसनले अत्याधिक शक्ति हातमा लिएको अनियमिततालाई बढावा गराएको भन्दै यो गोसन युगको अध्यारो पक्ष भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL