Logo

मेगा क्यापिटललाई धितोपत्र बोर्डको सैद्धान्तिक सहमति, ६ महिनाभित्र संचालन

मेगा क्यापिटललाई धितोपत्र बोर्डको सैद्धान्तिक सहमति, ६ महिनाभित्र संचालन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले मेगा क्यापिटल मार्केटस् लिमिटेडलाई मर्चेन्ट बैकिङ्ग व्यावसाय गर्न सैद्धान्तिक सहमति दिएको छ ।

मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनीका मेगा क्यापिटल मार्केटस्लाई संचालन गर्न बोर्डले सैद्धान्तिक सहमति दिएको हो । कुल अधिकृत पूँजी ३० करोड रहेको मेगा क्यापिटलको चुक्ता पूँजी २० करोड रुपैँया रहेको छ ।

धितोपत्र बोर्डबाट सैद्धान्तिक सहमति प्राप्त गरेको ६ महिनाभित्रमा कम्पनीका सम्पूर्ण पूर्वाधार निर्माण गरी संचालनमा ल्याउने तयारी भइरहेको क्यापिटलका अध्यक्ष ईश्वरबहादुर गुरुङ्गले जानकारी दिए ।

मेगा क्यापिटल मार्केट्स लिमिटेडले त्रिपुरेश्वरस्थित साकेत कम्प्लेक्समा रहेको कर्पोरेट कार्यालयबाट आफ्नो व्यवसाय संचालन गर्नेछ । संचालनमा आएपछि निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रार, लगानी कोष व्यवस्थापन, संस्थागत परामर्श जस्ता सम्पूर्ण मर्चेन्ट बैंकिङ सेवा एकै स्थानबाट प्रदान गर्ने कम्पनीका सिइओ सुदयकान्त झाले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL