Logo

सूर्य नेपाल फेरि बन्यो धेरै कर तिर्ने संस्था, धेरै आयकर तिर्ने सिद्धार्थ समशेर कति कमाउँछन् ?

सूर्य नेपाल फेरि बन्यो धेरै कर तिर्ने संस्था, धेरै आयकर तिर्ने सिद्धार्थ समशेर कति कमाउँछन् ?



काठमाडौं । सरकारले विभिन्न १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ ।

आन्तरिक राजस्व विभागल सातौं राष्ट्रिय कर दिवसको अवसमा संस्थागत तथा व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गरेको हो । आर्थिक बर्ष २०७४/७५ मा सबैभन्दा बढी आयाकर तिर्ने सुर्य नेपाल प्रालिलाई सम्मान गरेको छ ।

यसैगरी गत आबमा सबैभन्दा मूल्य अभिबृद्धि कर (भ्याट) तिर्नेमा घोराही सिमेन्टलाई सम्मान गरेको छ ।

यस बर्ष पनि व्यक्तिगततर्फ सबैभन्दा बढी आयाकर तिर्नेमा सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थ शम्शेर राणालाई सम्मान गरेको छ । उनले पछिल्लो समय व्यक्तिगततर्फ लगातार सबैभन्दा बढी कर तिर्दे आएका छन् ।

यी हुन् १५ विधामा सबैभन्दा बढी कर तिर्ने करदता

सबैभन्दा बढी आयकर तिर्ने

सुर्य नेपाल

निर्यात गर्नेमा सबैभन्दा बढी आयकर तिर्ने

डाबर नेपाल

उद्योग

हिमाल पावर

कृषि

प्रो वायोटेक प्राली

सहकारी र लघुवित्त

छिमेक लघुवित्त कम्पनी

बैंक तथा  वित्तीय संस्था

नविल बैंक

बीमा

नेपाल पुर्नबीमा कम्पनी

स्वास्थ्य शिक्षा

नोवल मेडिकल कलेज तथा शिक्षण अस्पताल

सुचना प्रविधि

एफ वान सफ्ट

पर्यटन

तारागाउँ रिजेन्सी (हायात होटल)

व्यापार

सिप्रदी ट्रेडिङ

वार्षिक ४० करोडको कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट प्राली

४० देखि ८० करोड कारोबार गर्नेबाट

नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)

व्यक्तीगत तर्फ

सिध्दार्थ शमशेर जवरा

२०७३/०७४ सम्म विवरण बुझाएर सबैभन्दा बढी भ्याट कर तिर्ने

घोराही सिमेन्ट

प्रतिक्रिया दिनुहोस्
MBL