बिजखबर संवाददाता
१९ चैत,काठमाडौं । डां गोविन्द केसी अनसन बसेको १२ दिनपछी बिहीबार अनसन तोड्ने भएका छन् । सरकारी वार्ता टोलिसंग ११ बुँदे सहमती भएपछी आज ३ बजे अनसन तोड्न तयार भएका हुन् ।
सो सरकारका मुख्य सचिव लिलामणी पौडेल र केसीले सहमतिको मस्यौदामा हस्ताक्षर गरेका छन् । सहमतीसँगै चिकित्सकहरुको आन्दोलन पनी फिर्ता हुने भएको छ ।
तयस्तै दुई दिनदेखि देशभर बन्द रहेको ओपिडी सेवा पनि सुचारु भएको छ । सहमति अनुसार आगामी शैक्षिकसत्रदेखि सरकारका मातहतमा रहेका हरेक मेडिकल कलेज, एमएस,एमडी बिएनलगायत पढाइलाई निशुल्क गरिने भएको छ ।
साथै सो विषय अध्ययनका लागि दुर्गम जिल्ला जानुपर्ने नियम छ ।