काठमाडौं । सरकारले इजरायल र अफ्रिकाका लागि पठाएको राजदूतलाई फिर्ता बोलाएको छ । मन्त्रिपरिषद्को यही मंगलबार बसेको बैठकले इजरायलका लागि नेपाली राजदूत निरञ्जन थापा र अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय गरेको संचार तथा सुचना प्रविधी मन्त्री एवं सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिए ।
सरकारले थापाको ठाउँमा अन्जना शाक्यलाई राजदूत बनाएर पठाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोही दिनको बैंठकले भारतका लागि नेपाली राजदूतमा निलाम्बर अचार्य, मलेसियाका लागि राजदूतमा उदयराज पाण्डे र यूएईका लागि नेपाली राजदूतमा परराष्ट्रका सहसचिव कृष्णप्रसाद ढकाललाई सिफारिस गरेको थियो ।