Logo

भारतको शाकाहारी स्न्याक्स ब्रान्ड अब नेपालमा, यी हुन यहाँ पाईने सेवा

भारतको शाकाहारी स्न्याक्स ब्रान्ड अब नेपालमा, यी हुन यहाँ पाईने सेवा



काठमाडौं । भारतस्थित कोलकत्ताको मिठाई र स्न्याक्सकोे ब्रान्ड भिखाराम चाँदमलले नेपालमा शाखा संचालनमा ल्याएको छ । कम्पनीले पहिलोपटक आफ्नो नयाँ शाखा नेपालमा ल्याएको हो ।

शुद्ध शाकाहरी खानाको सेवा दिने उक्त शाखा काठमाडौंको ईन्द्रचोकस्थित स्वस्तिक स्वीट्स एण्ड स्नयाक्स प्रालिको नाममा संचालनमा आएको छ ।

उक्त साखा विहान ७ बजेदेखि बेलुका ९ बजेसम्म खुला रहने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले शाकाहारी मिठाई, नमकिन, भुजिया, ड्राई फुड्स का साथै रेष्टुरेन्ट तथा फाष्टफुडको सेवा समेत दिईरहेको छ ।

तिहारको अवसरमा भिखाराम चाँदमलले आकर्षक विशेष छुट को पनि व्यवस्था गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL