काठमाडौं । प्रदेश नं ३ का भौतिक तथा पुर्वाधार मन्त्री केशव स्थापितलाई आज बर्खास्त गरिएको छ ।
मुख्यमन्त्रीसँगको चर्काचर्कीका कारण उनलाई मन्त्री पदबाट बर्खास्त गरिएको हो । उनले गएको बुधबार मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री डोरमणी पौडेललाई विभिन्न अपशब्द बोलेका थिए ।
मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग विहीबार र शुक्रबार २ पटक भेटेर उनलाई मन्त्री पदबाट बर्खास्त गरेका हुन ।
मुख्यमन्त्री पौडेलका अनुसार स्थापितले आफ्नो जिम्मेवारी बहन नगरेकाले विकासको काम तिव्र हुन नसकेको पनि आरोप लगाएका थिए ।