Logo

डाटामा इरर आएपछि बन्द भयो स्मार्टकार्ड लाईसेन्स छाप्ने काम, आजबाट पुनः सुरु हुँदै

डाटामा इरर आएपछि बन्द भयो स्मार्टकार्ड लाईसेन्स छाप्ने काम, आजबाट पुनः सुरु हुँदै



काठमाडौं । पाइपलाईनमा रहेका स्मार्टकार्ड लाईसेन्स छाप्ने काम आज अपरान्हदेखि पुन सुचारु हुने भएको छ ।

पाईपलाईनमा रहेका करिव ७ लाख स्मार्टकार्ड लाईसेन्सको यातायात व्यबस्था विभागले दिएको डाटामा इरर आएपछि रोकिएको काम आजैदेखि पुनः सुचारु हुन भएको हो ।

स्मार्टकार्ड लाईसेन्स छाप्ने जिम्मा पाएको मालिका ईन्कर्पाेरेटले केहिदिनअघि दैनिक २० हजारको दरमा छाप्ने भनेको उक्त स्मार्टकार्डको डाटामा इरर आएपछि कम्पनीले आफ्नो काम सुस्त पारेको थियो । कम्पनीका अनुसार हालसम्म करिव १५ देखि २० हजारओटा स्मार्टकार्ड लाईसेन्स छापिसकेको भएपनि कार्डमा भएको डाटामा इरर आएपछि विभागले भारतको चेन्नेईस्थित मद्रास प्रिन्टर्सका ईन्जिनियर बोलाएको छ ।

उक्त ईन्जिनियर आज अपरान्ह ३ बजे नेपाल आईपुग्ने र सबै डाटा कम्पनीलाई उपलब्ध गराएपछि लाईसेन्स छाप्ने काम आज रातीबाटै तिव्र पारिने कम्पनीका प्रबन्ध निर्देशक सुरेन्द्र ढकालले जानकारी दिए ।

विभागले पाईपलाईनमा रहेका करिव ६ देखि ७ लाख ओटा सवारी चालक अनुमतीपत्र तिव्र वितरण गर्न सकेको छैन । सोहि अनुसार स्मार्टकार्डहरु वितरण गर्न नसक्दा विभागले उक्त जिम्मा निजि कम्पनीलाई दिने निर्णय गरेको थियो । सोहि निर्णय अनुसार विभागको स्मार्टलाईसेन्स छाप्ने काम मालिका ईन्कर्पाेरेटले जिम्मा पाएको हो ।

कम्पनीले उक्त लाईसेन्स ४५ दिनमा ५ लाख ओटा छाप्ने गरी सम्झौता गरेको हो तर विभागले पुर्ण रुपमा तथ्यांक दिन नसक्दा उक्त काममा अवरोध आएको र आजबाट मात्रै स्मार्टकार्ड छपाईको काम सुरु हुने प्रबन्ध निर्देशक ढकालले जानकारी दिए । कम्पनीले विभागको उक्त कार्डहरु प्रति गोटा १५ रुपैयाँका दरले छापिदिने र प्रतिदिन २० हजारओटा कार्ड छाप्ने सम्झौता गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL