काठमाडौं । भारतले बुधबार करिव २९ अर्ब भारतीय रुपैयाँ बराबरको विश्वकै अग्लो मुर्ति सार्वजनिक गर्ने भएको छ ।
भारतले उक्त रकममा निर्माण गरेको मुर्ति भने सरदार भल्लभभाई पटेलको हो । उनले सन १९४७ मा स्वतन्त्र भारतका अभियन्ता हुन ।
१ सय ८२ मिटर अग्लो उक्त मुर्ति गुजरात राज्यस्थित नर्वदा नदीको किनारमा बनाइएको छ । करिव १ हजार ८ सय ५० मेट्रिकटन पीतल प्रयोग गरि उक्त मुर्तिको निर्माण गरिएको हो ।
हालसम्म अमेरिकाको ‘स्ट्याचु अफ लिवर्टी’ लाई नै विश्वको अग्लो मुर्तिका रुपमा मानिदै आएको थियो तर भारतमा निर्मित ‘स्ट्याचु अफ पटेल’ नाम दिइएको उक्त मुर्ति भने अमेरिकाको ‘स्ट्याचु अफ लिवर्टी’ भन्दा दोब्बर अग्लो छ ।
अमेरिकाको ‘स्ट्याचु अफ लिबर्टी’ जम्मा ९३ मिटर अग्लो रहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यका मुख्यमन्त्री हुँदा उक्त परियोजना सार्वजनिक गरेका थिए ।
केन्द्रिय सरकार र स्थानीय सरकारको सहयोगमा उक्त मुर्ति निर्माण गरिएको हो