Logo

सर्वहारावर्ग पार्टीको खर्चिलो चियापान भन्दै बाबुराम भट्टराई कार्यक्रममा नजाने

सर्वहारावर्ग पार्टीको खर्चिलो चियापान भन्दै बाबुराम भट्टराई कार्यक्रममा नजाने



काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक तथा पूव प्रधानमन्त्री डा. बाबुराम भट्टराई सत्तासिन नेपाल कम्युनिष्ट पार्टीको आजको चियापानमा नजाने भएका छन् । भट्टराईले शनिबार बिहानै एक ट्वीट गर्दै ‘गरिब देशको सर्वहारा वर्गको दुई तिहाईको पार्टीले ५० हजारलाई भोज ख्वाउने खर्च कुनै उत्पादनमुलक क्षेत्रमा लगानी’ गर्न सुझाव दिदै आफू कार्यक्रममा सरिक नहुने जनाएका हुन् ।

चियामानको निम्तो सम्बन्धि एउटै खाममा चार वटा शुभकामना र निमन्त्रणा कार्ड पठाएको पनि उनले उल्लेख गरेका छन् । ट्वीटमा उनले चार वटै कार्डमो तस्विर समेत राखेका छन् । भट्टराईले उत्पादन मुलक क्षेत्रमा लगानी गरेको भए हुन्थ्यो की भन्ने प्रश्न सहित ‘त्यसैले आफू आउन सकिनँ’ भन्ने जानकारी दिएका छन् ।

सत्तारुढ नेकपाले दशै, तिहार र छठजस्ता चाडपर्वको शुभकामना आदान प्रदान भन्दै दिउँसो १२ बजेदेखि राजधानीको भृकुटीमन्डपमा चियापान कार्यक्रम आयोजना गरेको छ । चियापानमा नेकपाले ५० हजारलाई निम्ता दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL