Logo

बागमतीमा दुई पाङ्ग्रे सवारीको दर्ता सुरु, प्रदेश अनुसारको मोटरसाईकलको नम्बर प्लेट यस्तो हुनेछ

बागमतीमा दुई पाङ्ग्रे सवारीको दर्ता सुरु, प्रदेश अनुसारको मोटरसाईकलको नम्बर प्लेट यस्तो हुनेछ



काठमाडौं । प्रदेश नम्बर ३ मा आजबाट मोटरसाईकल दर्ता सुरु भएको छ । कानुनी जटिलताका कारण साविकको बागमती अञ्चलमा ९९ लट पुगेर रोकिएका दुई पाङ्ग्रे सवारीसाधनको दर्ता आजबाट खुला भएको हो ।

सरकारले राजपत्रमै सुचना प्रकाशित गरेर आजैबाट दर्ता गर्न बाटो खुला गरेको यातयाता व्यवस्था विभाग अन्तगर्तको मोटरसाइकल दर्ता कार्यालय प्रमुख गणेश अर्यालले जानकारी दिए । ‘सरकारले राजपत्रमा सुचना प्रकाशित गरेर मोटरसाईकल दर्ताको लागि बाटो खुला गरेसँगै व्यवसायीहरुले  आजैबाट प्रज्ञापन पत्र अनुसारको राजस्व बुझाउन सुरु गरिसकेका छन्,’ उनले भने, ‘मौजुदा व्यवस्था अनुसार अञ्चलको नामबाट रहेको सफ्टवेयर परिवर्तन गर्न यातायात विभागलाई आजै पत्राचार गरेका छौं त्यसमा परिमार्जन भएर आएसँगै नयाँ नम्बर जारी गर्नेछौं ।’

उनका अनुसार अब अंचल रहेको ठाउँमा प्रदेश संकेत राखिनेछ । तर, हाल प्रदान गर्न लागिएको मोटरसाईकलको नम्बर पहिलाको तुलनामा केही अप्ठा्रो भने रहेको उनको भनाई थियो । उदारहणका लागि पहिला बागमती अंचलमा बा ९९ प ९९९९ नम्बर प्लेट थियो ।
नयाँ नम्बर प्लेट अनुसार अगाडीको भागमा

प्रदेश ३/०१
००१ प १ हुनेछ ।

तर, पछाडीको नम्बर प्लेटमा भने

प्रदेश ३/१
००१ प १
१ अर्थात सिरियल नम्बर रहनेछ ।

अर्यालका अनुसार मोटरसाइकलको अगाडीको नम्बर प्लेटमा २ लाईन र पछाडीको नम्बर प्लेटमा ३ लाईनको नम्बर प्लेट रहनेछ । यस अघि अंचलको संकेत जनाउनका लागि प्रयोग गरिने मे, को, स, ज, बा, ना, ग जस्ता अक्षरको स्थानमा प्रदेश १, प्रदेश १, प्रदेश ३ वा प्रदेशको नाम जनाउने संकेत नम्बर लेखिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्