Logo

फिफा बरियतामा नेपाल एक स्थान तल, शीर्ष स्थानमा उक्लियो बेल्जियम

फिफा बरियतामा नेपाल एक स्थान तल, शीर्ष स्थानमा उक्लियो बेल्जियम


रासस
27
Shares

काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च संस्था (फिफा) ले विहीबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो ।

दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७ औँ, माल्दिभ्स १ सय ५१, भूटान १ सय ८८आँै स्थानमा रहँदा बङ्गलादेश १ सय ९४ औंँ, पाकिस्तान १ सय ९९औँ र श्रीलङ्का २ सय १ आँै स्थानमा रहेका छन् ।

विश्व बरियतामा बेल्जियम शीर्ष स्थानमा अटाएको छ । विश्वकप विजेता फ्रान्स दोस्रो स्थानमा रहँदा ब्राजिल तेस्रो, क्रोएशिया चौँथो र इङ्ल्याण्ड पाँचौँ, छैटौँमा उरुग्वे, सातौँमा पोर्चुगल, आठौँमा स्वीट्जरल्याण्ड, नवौँमा स्पेन र दशौँमा डेनमार्क रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्