Logo

अख्तियारको आयुक्तमा पाँच जना अनुमोदित, भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता

अख्तियारको आयुक्तमा पाँच जना अनुमोदित, भ्रष्टाचार नियन्त्रणको प्रतिवद्धता


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१६ चैत,काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त पदमा प्रस्तावित पाँचै जनालाई सोमवार सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको सोमवार बसेको बैठकले दीप बस्न्यात, नवीनकुमार घिमिरे, डा गणेशराज जोशी, राजनारायण पाठक र सावित्री गुरुङलाई आयुक्त पदमा अनुमोदन गरेको हो ।

आयुक्तमा अनुमोदित बस्न्यात, घिमिरे र जोशी विभिन्न मन्त्रालयमा सचिव पदबाट सेवा निवृत्त भएका प्रशासक हुन । त्यस्तै पाठक नायव महान्यायाधिवक्ताबाट सेवा निवृत्त भएका हुन् । श्रीमती गुरुङ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक छिन् ।

सुनुवाइ समितिमा उनीहरुले अख्तियारका काम कारवाहीलाई प्रभावकारी बनाउन अनुसन्धान पद्धतिमा सुधार ल्याउने र भष्ट्राचार नियन्त्रण गर्नेलगायत धारणा राखेका थिए ।

मन्त्रिपरिषदले संवैधानिक परिषद्को सिफारिसलाई अनुमोदन गर्दै केही साताअघि उनीहरूलाई आयोगको आयुक्तमा नियुक्तिका लागि प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL