काठमाडौं । सरकार र यातायात ब्यवसायीबीच भएको सहमतीले दशैंमा घर जाने यात्रुलाई सहज वातावरण सिर्जना भएको छ ।
सार्वजनिक सवारीसाधनलाई नेपालभरको रुट परमिट खुला गर्ने निर्णयले आम मानीसहरु सहज रुपमा घर जान पाउने त भए नै तर उपत्यका भित्र रहेका विभिन्न राम्रा तथा ठुला गाडी हरुमा पनि घर जान पाईने अवसर जुरेको हो ।
सो निर्णयले काठमाडौंमा विभिन्न कम्पनीहरुले ल्याएका उत्तम सुविधाका नयाँ ठुला काठमाडौं बाहिर नचल्ने बसहरु पनि रिजर्भ गरेर घर जान सकिने अवसर जुरेको छ ।
त्यसैगरि पर्यटक ओसारपसार गर्ने विभिन्न बसहरु पनि सर्वसाधारणका लागि खुला हुने भएका छन । दशैंमा घर जाने यात्रुहरुको सहजताका लागि भन्दै यातायात व्यबस्था विभाग र व्यबसायी बीच भएको छलफलमा रुट परमिट असोज २४ गतेदेखि खुल्ने निर्णय भएपछि विभिन्न कम्पनीहरुले आफ्ना गाडीहरु उपत्यका बाहिर चलाउन पाईने वातावरण सिर्जना भएको हो ।
यात्रुहरुले उक्त बसहरु पनि बुकिङ गरेर आफ्नो थातथलो जान सकिने यातायात व्यबसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । उनका अनुसार दशैंमा टिकट पाएनौं भन्नेहरु कम गराउन काठमाडौंमै चल्ने सवारीलाई बाहिर चलाउने रुट परमिट खोलिएको हो । ‘यति हुँदाहुँदै पनि कसैलाई आरामदायी रुपमा घर जान मन लागेमा उपत्यकामा भएका राम्रा तथा सुविधायुक्त बसहरु नेपाल भरका लागि बुक गर्न सकिने व्यबस्था रहेको छ ।’, उनले भने ।
उक्त बसहरुको भाडाको लागि भने कुनै छुट्टै टिकट काउन्टर स्थापना गरेको नभएपनि सम्बन्धित कम्पनी या बसवालाहरुसंग सम्पर्क गरि गाडी बुकिङ गर्न सकिने छ । भाडादर भने बुकिङ अनुसारको या समयानुकुल तथा कम्पनीले आफ्नो हिसावले लिने उक्त बसहरुमा सुविधासम्पन्न रुपमा घर जान सकिनेछ । उक्त गाडीहरुका लागि भाडादर भने यति नै भनेर नतोकेपनि कम्पनीहरुले समयानुकुल र सुहाउँदो भाडा लिने महासचिव सिटौलाको भनाई छ ।